काभ्रे/ काभ्रेको पनौती नगरपालिका वडा नं. ४ टौखालमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी सस्थाबाट गएराति ३० लाख नगद चोरी भएको छ । पनौती नगरपालिका वडा नं. ४ मा रहेको मृख्य कार्यालयबाट गएराति सहकारी चोरी भएको सस्थाका कार्यकारी प्रमुख मदन बस्नेतले जानकारी दिए ।
हिजो सोमबार सरकारी बिदा भएका कारण दिउसो भर सहकारीमा जम्मा भएको रकम बैक राख्न नपाएको र सो रकम सकहारीमा नै भएकाले राति ४ र ५ जनाको समुह आएर रकम चोरी गरी लागेको सिसिक्यामेराबाट पूष्टि भएको उनले बताए । सहकारीका गार्ड हुदाँ पनि शुरुमै उनीहरुले गार्डलाई नियन्त्रणमा लिएर उक्त रकम चोरी गरेर लागेको सिसिक्यामेराबाट प्रष्ट भएको बस्नेतले जानकारी दिए ।
सहकारी चोरी भएका खबर लगतै जिल्ला प्रहरी कार्यालय काभ्रेले यसको अनुसन्धान शुरु गरेको बताएको छ ।
