After header

ललिता निवास प्रकरणमा शाह पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या ७ पुग्यो

काठमाडौं । ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा शाह पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।

पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेसँगै यो संख्या थपिएको हो । शाहलाई धुम्बाराहीस्थित आफ्नै निवासबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएकाे छ ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।

एक पटक पढ्नुहोस