काभ्रे । काभ्रे जिल्लाको धुलिखेलमा पहिलो पटक बाँसुरी बजाउने प्रतियोगिता हुने भएको छ । शिखलापुर बाँसुरी धे धे ले पहिलो पटक बाँसुरी प्रतियोगिता आयोजना हुन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । बिहीबार धुलिखेलमा पत्रकार सम्मेलन गर्दै संस्थापक अध्यक्ष अरविन माकाजुले यो प्रतियोगितामा काभ्रे जिल्लाको तीन समुह धुलिखेल खड्पु बेथानचोक र पनौती विहाबर क्षेत्रका बाँसुरी बाध्यबाधक हरु सहभागी हुने यस्तै जिल्ला बाहिरका भक्तपुर जिल्लाको ४ समुह काठमाण्डौका ५ समुह, ललितपुरका १ समुह गरी जम्मा १३ समुह बीच प्रतियोगिता आयोजना हुन लागेको बताएका छन् । १६ गते शनिबार धुलिखेलको वडा नं ७ स्थित नारायणस्थान लाछीमा हुने बताइएको छ । प्रति समूह १ हजार को दरले दर्ता शुल्क लाग्ने प्रतियोगितामा प्रथम हुने लाई नगद २० हजार ट्रफी र प्रमाण पत्र, दोस्रो हुने लाई नगद १५ हजार र प्रमाण पत्र तेस्रो हुने लाई १० हजार नगद पुरस्कार राशी राखिएको माकाजुले बताए । उनले प्रतियोगितामा तीन जना निर्णायक रहने विवेक मानन्धर शेष नारायण महर्जन लगायत वरिष्ट बाध्य बाधक निर्णायक रहने बताएका छन् । कार्यकम बाट धुलिखेल को कला संस्कृति र पर्यटन प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास लिएको आयोजकले बताएको छ । प्रतियोगितामा खर्च: ३ लाख लाग्ने आयोजकले अनुमान गरेको र मुख्य सहयोगी गोर्खा बुयेरी रहेको बताइएको छ ।
कार्यक्रम संरक्षक धुलिखेल नगरपालिका, रोटरी क्लब अफ धुलिखेल सहयोगी संघ सस्थाहरु:- धुलिखेल का सम्पूर्ण स्थानिय क्लबहरु रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा ५०० जना भन्दा बढीको उपस्थिति रहने अनुमान गरेको छ ।
मकाजुका अनुसार प्रतियोगिताको उदेश्य धुलिखेलमा पर्यटकिय रुपमा बिकास गर्न,धुलिखेललाई संस्कृति तथा सम्पदाको रुपमा चिनाउन, धुलिखेलको भित्री बस्तिलाई उजागर गर्न, युवाहरुलाई प्रोत्साहन गर्न,नेपालमा बासुरी बाजाको महत्व बुझाउन, धुलिखेल नगर बात अन्य नगर सङ्ग सुमधुर सम्बन्ध गाभेर आफ्नो सस्कृती परम्परा अरु एक आपसमा आदन प्रदान गर्ने लगायत का लक्ष्य आफूहरुले लिएको बताए ।
कार्यक्रममा देवगण तथा दैत्यनाच,साङ्गितिक प्रस्तुत हुने बताइएको छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले यो कार्यक्रम जिल्लाको गौरव बढाउने विषय भएको र युवाहरु नै यसको सक्रिय सहभागी भएर हुन लागेको कार्यक्रमको विशेष अर्थ रहेको बताए छन् ।
