After header

करणी मुद्दामा वडा अध्यक्ष पुर्पक्षका लागि थुनामा

गाउँकै महिलालाई जबरजस्ती करणी गरेको कुरा बाहिर आएपछि वडा अध्यक्ष धामी गत माघदेखि फरार थिए । उनलाई गत जेठ २४ गते जिल्ला सदरमुकाम खलंगाबाट प्रहरीले प्रकाउ गरेको थियो । प्रहरीले वडा अध्यक्ष धामीलाई २१ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो । जिल्ला अदालतले वडा अध्यक्ष धामीलाई तत्काल पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । वडा अध्यक्ष धामीमाथि गाउँकै आफन्त पर्ने महिलालाई गत माघ २० गते राती घरमै गएर जबरजस्ती करणी गरेको आरोप लागेको थियो ।

वडा अध्यक्ष धामी गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । जबरजस्ती करणीका गम्भीर आरोपमा पुर्पक्षका लागि कारागार चलान भएपछि पनि उनलाई तत्काल निलम्बन गर्नुपर्नेमा मालिकार्जुन गाउँपालिकाले अहिलेसम्म आलटाल गरिरहेको स्थानीयबासीको आरोप छ ।

एक पटक पढ्नुहोस