शुकदेव थपलिया काभ्रे ।
काभ्रेको पनौती नगरपालिका वडा नं. २ मा रहेको कुशादेवि मावीका शिक्षकले विद्यार्थीहरुलाई यौनहिसां गरेको भनेर उजुरी दिदाँ समेत विद्यालय व्यवथापन समिति लाचार बनेको छ ।
गत शुक्रबार विद्यालयमा कक्षा १० मा अध्यरत १० जना छात्राहरुले आफूहरुलाई विद्यालयका गणित विषयका शिक्षक छवि गौतमले पटक–पटक यौनहिंसा गरेको भनेर सामूहिक उजुरी दिदाँ समेत विद्यालयले केही गर्न सकेको छैन । विद्यार्थीहरुले शुक्रबार दिएको उजुरी आज सोमबार ४ दिन बित्दा समेत कुनै कानुनी उपचार तिर नगई उल्टै शिक्षकको बचाउ तिर लागेको विद्यालय ब्यवस्थापन प्रति स्थानीय एवं सबै शुभचिन्तकहरुले आरोप लगाएका छन् ।
विद्यालय व्यवस्थापन समितिले झारो टार्ने गरि शिक्षकलाई विद्यालयमा हाजिर नगराउने भनेर मात्रै दोषीलाई उम्काउन लागेको प्रति सर्वत्र विरोधका आवाज उठेको छ ।दोषीलाई हाजिर नगराउने भन्ने निर्णय मात्रै गरी विद्यालय व्यवस्थापन समिति पन्छिन खोजेपछि यतिबेला घटना सामसुम बनाउन लागेको आशंकामा सर्वत्र विरोधको आवाज उठिरहेको छ । यतिमै विद्यालय व्यवस्थापनले कारर्बाही स्परुप विद्यालयबाट अनन्त्रै सरुवाको चाँजोपाँजो समेत मिलाउन खोजेको बुझिएको छ ।
घटनापछि छात्राहरुले विद्यालयमा दिएको उजुरीको आज सोमबार चार दिन बित्दा समेत विद्यालयको तर्फबाट दोषीलाई कारर्बाहीको दायरामा ल्याउने प्रयास गरिएको देखिँदैन । बरु उल्टै दोषीलाई कारर्बाही भन्दा पनि विद्यालयबाट हटाउने मात्रै सोच र विचार रहेको विद्यालयको अहिले सम्मको निर्णय बाट प्रष्ट देखिन्छ ।
पीडित विद्यार्थीहरुका बाबुआमालाई समेत आर्थिक, सामाजिक एवं राजनीतिक प्रलोभलनमा पारि दोषीमाथि प्रहरी कार्यालयमा किटानी जाहेरी नदिन दबाव समेत दिईएको बुझिन्छ ।
यस्ता जघन्य घटनालाई विद्यालय आफैँले अग्रसर भई प्रशासनमा किटानी जाहेरी दिनुपर्नेमा उल्टै घटनाको विवरणहरुका तथ्यहरु लुकाउने तिर विद्यालय लागि परेको स्थानीहरुले आरोप लगाएका छन् ।
विद्यालयमा हामीलाई शिक्षक छवि गौतमद्वारा पटक पटक यौनहिंसा भएको भन्दै किटानी जाहेरी दिँदा समेत त्यो उजुरी विद्यालय व्यवस्थापनले प्रहरी प्रशासनलाई छानविनका लागि दिन सकेको छैन । उल्टै विद्यालयले आफूहरुले आरोपी शिक्षकलाई कारबाही गरिसकेको भन्दै उम्काउने प्रयास गरिरहेको देखिन्छ ।
एक स्थानीयले भने– “आरोपी शिक्षक गौतममाथी छानविन र कारबाहीको लागि छात्राहरुले विद्यालयमा दिएको निवेदन नै सबैभन्दा बलियो प्रमाण भएको उनले बताए ।, विद्यालयले वास्तविक छानविन गरी दोषीलाई कारर्बाही गर्ने हो भने पीडित छात्राहरुले शिक्षक गौतममाथी विद्यालयमा दिएको किटानी निवेदनलाई तत्कालै प्रहरी प्रशासनलाई समक्ष बुझाई छानविनको लागि प्रष्ट बाटो खुला गरिदिनुपर्छ ।” उनले भने ।
घटनाबारे सर्वत्र चासो दोषीमाथी छानविन सहित कारवाहीको माग
छात्राहरुलाई शिक्षकले यौनहिंसा गरेको र उजुरी दिई विद्यालयले कारबाही गरेको समाचार यसअघिको समाचारमा ब्रेकिङ् भएपछि घटनाबारे सर्वत्र छानविन सहित दोषीलाई कारबाहीको माग गरेका छन् । आइतबार यस मिडिया दर्पण डटकमबाट प्रकाशित समाचारपछि विभिन्न विद्यार्थीहरुको हितका संघ, संगठनहरु लगायत सामाजिक सञ्जालमा घटनाप्रति तत्काल छानविन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।
नेविसंघका जिल्ला अध्यक्ष अञ्जनराज खतिवडाले हामीले घटनालाई गम्भिर रुपमा लिएका छौँ, हाम्रो तर्फबाट घटनाको बिषयमा प्रशासनमा जानकारी गराइसकेका छौँ, दोषीलाई तत्कालै पक्राउ गरी पीडित छात्राहरुलाई न्याय दिलाउन माग गरेका छौँ । आरोपी शिक्षकको यो नयाँ घटना होइन यस्ता सयौँ घटना हामीलाई प्राप्त भएको छ । यसलाई सामान्य सोचेमा भोलीका दिनमा नेविसंघले आरोपी शिक्षक पक्राउ नपरेसम्म आन्दोलनको कार्यक्रम तय गछौँ । उनले भने । घटना बाहिरिएसँगै हरेक व्यक्तिले सामाजिक सञ्जालमा दोषीलाई उम्काउन नदिई तत्काल छानविनका लागि पक्राउ गरी दोषी देखिए कारबाही गर्न दवाव दिएका छन् ।
नेपाली काङंग्रेस काभ्रेका जिल्ला सदस्य एवं शिक्षा शाखा प्रमूख दिपेन्द्र पौड्यालले एक विज्ञप्ति जारी गर्दै शिक्षकद्वारा छात्राहरुमाथी यौन दूर्ववहार गरेको प्रति गम्भिर ध्यानाकर्षण गराउँदै यस्ता अनैतिक क्रियाकलापमा लागेको आरोप लागेका शिक्षकलाई तत्काल निलम्बन गरी कारबाहीको माग गरेका छन् । उनले जारी गरेको विज्ञप्ति अशंः
प्रेस विज्ञप्ती–१
कुशादेवी मा. वि. पनौतीका शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको विद्यालय व्यवस्थापन समितिमा उजुरी परेको विषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ यस्ता अनैतिक क्रियाकलापमा लागेको आरोप लागेका शिक्षकलाई तत्काल निलम्बन गरी निजमाथी छानबिन गर्नको लागि व्यवस्थापन समितिले चाँडो भन्दा चाँडो प्रहरी प्रशासनलाई जिम्मा लगाई निष्पक्ष अनुसन्धानका लागी सहयोग गर्नका लागि आग्रह गर्दछु । विभिन्न बाहानामा घटनालाई राजनैतिक रङ्ग दिइ दोषी उन्मुक्ति गर्न खोजे त्यस पछि आउने परिस्थिति प्रति सम्बन्धित क्ष नै जिम्मेवार रहने चेतावनी दिन चाहान्छु ।
यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पनौती नगर कमिटीले आज सोमबार घटनाबारे ध्यानाकर्षण गराउँदै दोषी उपर कारबाहीको माग सहित अध्यक्ष सुजन सापकोटाले एक विज्ञप्ति निकालेको छ । सो विज्ञप्तिको अंशः
विज्ञप्ति –२
नेपाली विद्यार्थी आन्दोलनको नेता संगठन अनेरास्ववियु आफ्नो स्थापनाकाल देखि नै शैक्षिक संस्थामा पूर्ण रुपमा प्राज्ञीक वातावरण कायम गरी शैक्षिक संस्थामा हुने जुनसुकै अपराधिक गतिविधिको विरोध गर्दै आइरहेको कुरा सबैलाई सर्वविधितै छ ।
काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं. २ स्थीत कुशादेवी मा. वि. मा शिक्षकले विद्यार्थी माथि यौन दुव्र्व्यवहार भएको कुरा सामाजिक सञ्जालमा यत्रतत्र आईरहेको छ । सो कुरामा अनेरास्ववियु, पनौती नगर कमिटीको गम्भिर ध्यानाकर्षण भएको छ । सम्बन्धित निकायलाई सत्य तथ्यको छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन अनेरास्ववियु पनौती नगर कमिटी जोडदार माग गर्दछ । यदी कुनै बहानामा दोषीलाई उन्मुक्ति दिने प्रयास भएमा अनेनास्ववियु पनौती नगर कमिटी थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न बाध्य हुनेछ ।
यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) काभ्रेका अध्यक्ष विजय लामाले पनि घटनाको आप्पती जनाउँदै दाषीमाथी कारबाहीको माग सहित विज्ञिप्त जारी गरेका छन् । सो विज्ञप्तिको अंशः
प्रेस विज्ञप्ति–३
शैक्षिक तथा राजनैतिक सडक बाघको रुपमा स्थापित हाम्रा महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) हजारौ विद्यार्थीहरुको त्याग, तपस्या र बलिदान बाट बनेको संगठन हो । हाम्रो संगठनले आफ्नो स्थापनाकाल देखि नै शैक्षिक र राजनीतिक रुपान्तरणका साथै अन्याय र अत्यचारको विरुद्ध र सामाजिक न्याय शुसासन स्थापनाको लागी महत्वपूर्ण भूमिका खेलेको कुरा तपाइहरु माझ जगजाहेरै छ ।
काभ्रे जिल्ला पनौति नगरपालिका वडा नं. २ मा रहेको कुशादेवी उ.मा.वि.मा. विद्यार्थी माथि शिक्षकले यौन दुर्व्यवहार गरेको भन्ने विषयमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । विद्याको मन्दिर जस्तो पवित्र स्थानमा आफ्नै कलेजको अभिभावक गुरुबाट यस्तो घृणित अपराध हुनु एकदमै खेद जनक छ । अपराधि शिक्षकलाई तत्काल कानुनी दायरामा ल्याई कार्वाहीको प्रकृया अगाडी बढाउन हाम्रो संगठन अखिल क्रान्तिकारी सम्बन्धित निकायलाई जोडदार माग गर्दछौ । यदी यो वा त्यो बाहनामा अपराधीलाई उन्मुक्ति दिने किसिमको गतिविधि पाइएमा हाम्रो संगठन पिडितको न्यायको लागि जस्तो सुकै कदम पनि चाल्न तयार रहेको कुरा पनि सम्बन्धित निकायलाई जानकारी गराउन चाहन्छौं ।
यस्तै अनेरास्ववियु काभ्रेका अध्यक्ष मिलन कुमार गौतमले पनि घटनाबारे ध्यानाकर्षण भएको र पीडित छात्राहरुले न्याय पाउनुपर्ने र दोषी उपर कडा कारवाहीको माग गर्दै विज्ञप्ति जारी गरेका छन् । सो विज्ञप्तिको अंशः
विज्ञप्ति–४
नेपाली विद्यार्थी आन्दोलनको नेता संगठन अनेरास्ववियु आफ्नो स्थापनाकाल देखि नै शैक्षिक संस्थामा पूर्ण रुपमा प्राज्ञीक वातावरण कायम गरी शैक्षिक संस्थामा हुने जुनसुकै अपराधिक गतिविधिको विरोध गर्दै आइरहेको कुरा सबैलाई सर्वविधितै छ ।
काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं. २ स्थीत कुशादेवी मा. वि. मा शिक्षकले विद्यार्थी माथि यौन दुर्व्यवहार भएको कुरा सामाजिक सञ्जालमा यत्रतत्र आईरहेको छ । सो कुरामा अनेरास्ववियु काभ्रेपलाञ्चोकको गम्भिर ध्यानाकर्षण भएको छ । सम्बन्धित निकायलाई सत्य तथ्यको छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन अनेरास्ववियु काभ्रेपलाञ्चोक जोडदार माग गर्दछ । यदी कुनै बहानामा दोषीलाई उन्मुक्ति दिने प्रयास भएमा अनेनास्ववियु काभ्रेपलाञ्चोक थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न बाध्य हुनेछ ।
