बैतडी । जिल्लाको डिलासैनी गाउँपालिकामा अनियमितता भएको आरोप स्थानीयले लगाएका छन् । गाउँपालिकामा अनियमितताको शृङ्खला बढेको भन्दै सक्रिय राजनीतिमा आवद्ध सचेत व्यक्तिहरूले गाउँपालिकामा सूचना माग गर्दा १५ दिन बित्दा पनि सूचनाको कुनै सुनुवाई र जवाफ प्राप्त नभए पछि गाउँपालिकामा भ्रष्टाचारको गन्द आएको उनीहरूले बताए । सूचना मिति २०८०/०४/०४ माग गरिएको मा २० गते बितिसक्दा पनि नदिएपछि टोलीले केन्द्रिय अख्तियारको टोली र राष्ट्रिय सूचना आयोगमा समेत उजुरी गरेका छन् ।
सूचना माग गरेको पत्र जस्ताको त्यस्तै हेर्नुहोस्।
श्री प्रमुख प्रशासकिय अधिकृत ज्यू डिलासैनी गाउँपालिकाको कार्यालय बैतडी
विषय: सम्पूर्ण विवरणको सूचना उपलब्ध बारे ।
उपरोक्त विषय सम्बन्धमा नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र ७ अनुसार जनताले पाउनुपर्ने सूचनाको हकको सर्द्धनको लागि निम्न विवरण माग गरिएको छ ।
१. आ.व. ०७९ / ०८० को चालु खर्च र पुजिगत खर्चका शीर्षक सहितको विवरण अनुसार विकाश निर्माणको खर्च |
२. प्रशासनिक ईन्धन खर्च
३. गाडी भाडाको मासिक वा वार्षिक खर्च विवरण
४. सचिवालय खर्चको विवरण
५. भ्रमण खर्चको विवरण
६. खाजा खर्चको विवरण
७. विभिन्न संघसस्थाहरुलाई दिईएको कार्यक्रम र लागत खर्चको विवरण
८. डिलासैनी गाउँपालिकाको आन्तरिक आयस्रोत र प्रगतीको विवरण
९. प्रदेश तथा केन्द्र सरकारबाट आएको बजेट तथा अनुदानको विवरण
१०. खरिद गरिएका मेसिन तथा सवारी साधनहरुको लागत खर्च र संख्या विवरण
११. स्थायी, करार र स्वयमसेवक कमचारीहरुको पुर्ण विवरण तथा नियुक्ति प्रक्रिया र तलव स्केलको विवरण
१२. कोराना पिडितहरुलाई दिइएको रकम र तथ्यांक विवरण
१३. भकारो र छानो सुधारको लागि दिइएको रकम र तथ्यांक विवरण
१४. लम्किस्किम रोगको रोकथामका लागि खरिदै गरिएको औषधी र वितरण गरिएको गाउँको विवरण
१५. केन्द्रिय सरकारको आयोजनामा शिल्यानस गरिएको १० सौयाको अस्पत्ताल बन्न नसक्नुको कारण . १६. सिमार लिफ्ट सिचाई आयोजनाको काम अगाढी बढ्न नसक्नुको कारण ।
१७.प्रत्येक कार्यापालीका बैठका निर्णयहरु
१८. प्रत्येक योजनाको स्टुमेट र एम. बीको फोटोकपी
१९. ठेक्दारवाट विस्तार हुने विद्युत विस्तारको काम पालीकाको बजेटवाट विस्तार गर्नुको कारण
२०. सडक नाटकमा गरिएको खर्च विवरण
२१. महालेखा परिक्षणको प्रतिवेदन
२२. खेलकुदमा भएको खर्चको विवरण
२३. देवझाडी, सेरा, नगराऊ हुदै डिलासैनी हाट जोड्ने सडकको पुर्ण विवरण
२४. घरभाडा वाफतको खर्च विवरण
२५. समपन्न भएका योजनाहरुको अनुगमनको रिपोट |
२६. सार्वजनिक क्षेत्रको संरक्षण सम्बर्द्धन सम्बन्धीको निती तथा कार्यक्रम
वोधार्थ
क. डिलासैनी गा.पा. अध्यक्ष
डिलासैनी, बैतडी
ख. सुचना अधिकारी ज्यू डिलासैनी गा.पा. वैतडी
निवेदक
ने.क.पा. (माओवादी केन्द्र) डि. गा.पा. बैतडी सचिव तिलक माल. नेपाली काङ्ग्रेस डिगा०पा० का.स. सभापति जयानन्द ने.क.पा. एमाले डिलासैनी गा०पा प्रतिनिधि एवम् जोशी राष्ट्रिय युवा संघ नेपाल डि०गा०पा अध्यक्ष विपिन नाथ
गाउँपालिकामा माथि माग गरिएको सूचना नदिए पछि भ्रष्टाचार भएको आशंका र आरोप लागेको छ । सूचना अधिकारी र गाउँपालिका अध्यक्ष सन्तोष जोशी अध्यक्ष को मिलेमतोमा सूचना नदिएर उल्टो अनियमिता लाई ढाकछोप गर्ने तिर गाउँपालिका रहेको स्थानीयले बताएका छन् ।
