After header

पहिरोमा परी ६ बेपत्ता १ जनाको मृत्यु

काभ्रे, २३ साउन २०८० । मकवानपुर जिल्ला बागमती गाउपालिका – ५ सिक्रेदोभानमा गएको पहिरोमा पुरिएर काभ्रे जिल्लाका एक जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन । पहिरोले ७ जना पुरिएकोमा ६ जना काभ्रेका छन भने एक जना सिन्धुली जिल्लाका परेका छन ।

खाभ्रे जिल्ला खानीखोला गाउपालिका- ५ का वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानका अनुसार बागमती गाउपालिका – ५ सिक्रेदोभानमा बस्दै आएका खानिखोला-५ का ६ जना र एक जना सिन्धुली जिल्लाको पहिरोमा पुरिएको हो ।

सोमवारदखि परेको अविरल बर्षाका कारण मकवानपुर जिल्ल बागमती गाउँपालिका वडा नं. ५ सिक्रेदोभानमा बस्दै आएका स्याङतान परिवारको घरमाथिबाट गएको पहिरोले पुररिएर वेपत्ता भएको खानीखोला गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष स्याङतानले बताए । बेपत्ता हुनेमा अक्कल बहादुर स्याङान, सञ्चमाया स्याङतान, छोरी शिला स्याङतान, ज्वाई जीवन पहरी, २ बर्षिय तेज पहरी र १ बर्षिय देब्याणी पहरि रहेको छ । उनीहरुको खोजतलासको क्रममा सञ्चमाया स्याङतान गम्भिर घाईते अवस्थामा फेला परेको र भोर्लेनीस्थित एक मेडिकलमा उपचारको क्रममा मृत्यू भएको उनले जानकारि दिए।

बाँकी वेपत्ताहरुको खोजीकार्य भईरहेको छ । वडा अध्यक्ष स्याङतानका अनुसार सोही घटनामा परी सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नं. १ कोक्तीका पाल्साङ घिसिङ समेत पहिरोमा परी वेपत्ता भएको छ । सोमवार दिउँसो काभ्रे, सिन्धुली र मकवानपुर जिल्लाको संगमस्थल सिक्रेदोभान नजिकै खेतमा काम गर्न पुगेको र बेलुका घर फर्कन नभ्याएपछि अक्कल बहादुर स्याङतानको घरमा बास बसेको जनाएको छ ।

खोजतलास र उद्धारको लागि सुरक्षा निकायलाई जानकारी गराईसकेको छ । अहिले जनप्रतिनिधि र स्थानीयबासिन्दाको सक्रियतामा खोजीकार्य भईरहेको छ । बर्षा निरन्तर भईरहेको र बागमती खोला बढेको कारण समस्या भईरहेको उनले बताए।

खानीखोला गाउँपालिका वडा नंं ५ घर भएका स्याङतान परिवार पहिलादेखि नै माछा मार्ने र होटल व्यवसाय गरी सिक्रेदोभान बस्दै आएका थिए ।

एक पटक पढ्नुहोस