After header

मृत्युको कारण नखुलेको साना कान्छाको नालीमा शव फेला

काभ्रे । काभ्रे जिल्लाको मण्डन देउपुर ९ मा एक मानिस मृत भेटिएका छन् । आज शनिबार साँझ ६ बजे काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ जितौरि पोखरीमा अन्दाजी वर्ष ५० को बेलबहादुर भन्ने साना कान्छा सार्की नालीमा लडेको आवस्थामा मृत अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । नाली अन्दाजी ४ फीट रहेकोमा १ फीट पानी रहेको बताइएको छ ।         उनको मृत्यूको कारण नखुलेको प्रहरी घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव फेला पारेको सूचना पाए लगत्तै प्रहरी चौकी हिंगुवापाटी बाट प्रहरी खटि घटनास्थल तपुगेको थियो । घटना बारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बाट पनि थप प्रहरी अनुसन्धानमा खटिएको बुझिएको छ । शवलाई साढे ८ बजे पोष्टमार्टमको लागि धलिखेल हस्पिटल ल्याइएको बताइएको छ ।

एक पटक पढ्नुहोस