After header

ट्रक र बाइक ठोकिक्दा बाइक चालक गिरीको मृत्यु

काभ्रे/  ट्रक र बाईक एक आफसमा ठोकिक्दा मोटरसाईल चालकको घटना स्थलमा नै मृत्यु भएको छ ।काभ्रे धुलिखेल नगरपालिका वडा नम्बर–३ स्थित अरनिको राजमार्गअन्तर्गत मिराबेल चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको रा ७ प ७२८८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा २ क २०१९ नम्बरको ट्रकले ठक्कर दिदा प्युठान जिल्लाको धर्मवती गाउँपालिका वडा नम्बर ७ बस्ने बर्ष २७ सुरज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गिरिको शव धुलिखेल अस्पताल लगिएको छ । ट्रक सहित चालक प्रहरीले नियन्त्रणमा रहेको छ ।

एक पटक पढ्नुहोस