After header

शिक्षकहरु आन्दोलनमा, आज बिहिबार सातै प्रदेशमा धर्ना

काठमाडौँ/  नेपाल शिक्षक महासंघको नेतृत्वमा यतिबेला देशभरका शिक्षक आन्दोलनमा उत्रिका छन् । सरकारसगँ भएको सहमतिको कार्यन्वन नभएपछि यतिबेला देशभरका शिक्षकहरु आन्दोलनमा लागेका हुन् ।विद्यालय शिक्षासम्बन्धी विधेयकको मस्यौदामा रुष्ट भएका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले बिहीबार सातै प्रदेशका सामाजिक विकास मन्त्रालयमा धर्ना दिएका छन् ।

२०७५ तथा त्यसपछि स्थायी भएका शिक्षकलाई पेन्सन प्रयोजनमा अन्याय गर्न खोजेको र शिक्षण पेसाप्रतिको आकर्षण र सम्मानमाथि मस्यौदाले नियोजित ढंगबाट प्रहार गरेको आरोप महासंघको छ । सोही कारण आमनेपाली शिक्षक÷कर्मचारीले मस्यौदामा रहेका विद्यालय शिक्षा र शिक्षक÷कर्मचारी विरोधी प्रबन्धहरू परिर्वतन गर्नुपर्ने पक्षमा आवाज बुलन्द गरिरहेको महासंघले जनाएको छ ।

आज विहिबार ११ बजे आयोजित धर्ना कार्यक्रम २ बजेसम्म चलेको कार्यक्रम भव्य रूपमा सम्पन्न भएको आन्दोलनमा आबद्ध नेपाल शिक्षक संघका राष्ट्रिय कार्यसमितिका अध्यक्ष सोमनाथ गिरीले जानकारी दिए । महासंघले मस्यौदाले शिक्षक महासंघ र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएका सहमतिलाई समग्रमा समेट्न नसकेको निष्कर्ष निकाल्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

स्थायी, अस्थायी÷करार, राहत, साविक उमावि, बालकक्षा, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धारलगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका माग मुद्दाको यथोचित सम्बोधन प्रस्तावित मस्यौदाले गर्न नसक्ने महासंघका पदाधिकारीहरूले बताएका छन् ।

शिक्षक र कर्मचारीले आइतबार देशका हरेक पालिका कार्यालयमा सम्बन्धित पालिकाकामा धर्ना दिएका थिए । यस्तै मंगलबार सबै जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा धर्ना दिएका थिए। अब भदौ १ गते सबै प्रदेश तथा संघीय सांसदसमक्ष सम्बन्धित जिल्लाका महासंघ तथा आबद्ध÷सम्बद्ध संस्थाका नेतृत्वले ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रति बुझाउँदै संघीय शिक्षा ऐन निर्माणमा विद्यालय शिक्षा र शिक्षक–कर्मचारीका माग मुद्दाको पक्षीकरणमा सहयोग गर्न आग्रह गर्ने कार्यक्रम छ ।

आन्दोलनमा शिक्षक महासंघमा आबद्ध १४ वटा शिक्षक र कर्मचारीसँग सम्बन्धित संघसंस्था, विद्यालय कर्मचारी, बालविकास शिक्षक, राहत अनुदान कोटामा कार्यरत शिक्षक, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, अभिभावक महासंघ नेपाल, अभिभावक संघ नेपाललगायतको साथ र समर्थन रहेको छ ।

यसलाई वास्था नगरे पुन दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत महासंघले काठमाडौँमा लगातार बृहत् विरोध प्रदर्शन गर्ने तयारी रहेको बताएको छ । दोस्रो चरणको आन्दोलन कार्यक्रमको मिति भने तय भईनसकेको महासंघले जनाएके छ ।

एक पटक पढ्नुहोस