After header

एसएसपी भुपेन्द्र खत्रीले आजदेखि काठमाडौं प्रहरी परिसरको कमान्ड सम्हाले

काठमाडौ ।

प्रहरी संगठनमा ‘काबिल’ अधिकृतका रुपमा परिचित एसएसपी भुपेन्द्र खत्रीले काठमाडौं प्रहरी परिसरको कमान्ड सम्हालेका छन् ।

काठमाडौं जिल्ला प्रहरी कार्यालय प्रमुखको रुपमा काज सरुवा भएका एसएसपी भुपेन्द्र खत्रीलेले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण पश्चात एसएसपी खत्रीले उपस्थित प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिएका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्व शुक्रबारदेखि एसएसपी भूपेन्द्रबहादुर खत्रीले सम्हालेका हुन् ।    गृह मन्त्रालयले गत सोमबार उनको सरुवा गरेको थियो। एसएसपी खत्री यसअघि प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए। रौतहटमा एसपी हुँदा पूर्वमन्त्री अफताब आलमलाई पक्राउ गरेर उनी चर्चा कमाएका प्रहरी अधिकृत हुन्।

एक पटक पढ्नुहोस