काठमाडौं/ जबरजस्ती करणी गरेको भनी उजुरी परेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । छुटाछुटै जिल्लाबाट जबरजस्तीको उजुरीमा उदयपुर र भक्तपुरबाट दुईजना पक्राउ परेको प्रहरीले जनाएको छ ।
५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–१ बेलसोत बस्ने २५ वर्षीय जय बहादुर खपाङ्गी मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं नरेफाट बस्ने ईलाम, ईलाम नगरपालिका–९ घर भएका ५२ वर्षीय सूर्य बहादुर भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भण्डारीले ती किशोरीलाई सूर्यबिनायक नगरपालिका–९ पलासेस्थित रिसोर्टमा आइतबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएके छ ।
