After header

नेशनल प्याब्सन भक्तपुरको अध्यक्ष पुनः खड्का

असोज २ गते मंगलबार

भक्तपुर । नेशनल प्याब्सन भक्तपुरको छैठौं अबिवेशनबमट पुनः संजय खड्का अध्यक्षमा चुनिएका छन् ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरको छैठौं अत्रिवेशनले खड्कालाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । नेशधनल प्याब्सन भक्तपुरको छैठौं जिल्ला अधिवेशनबाट मदरल्याण्ड स्कूलका संचालक तथा प्रिन्सिपल संजय खड्काको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

अधिवेशनले खड्काको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष शिव कृष्ण कवां र उपाध्यक्ष राम प्रसाद खाताखोलाई निर्वाचित गरेको छ । यस्तै सचिव कुमार थापा मगर, सह सचिव दिनेश शाक्य, कोषाध्यक्ष बिक्रम थापा र सह कोषाध्यक्षमा रत्नबहादुर राई निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा भने प्रतिमा माक, सुमन शिल्पकार, कमल सुवाल, रमेश प्रसाद सिटौला, शर्मिला खड्का र अशोक श्रेष्ठ रहेका छन् । अधिवेशनको बन्द सत्रबाट कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

नगरकोट स्थित हिमालयन ग्लासियरमा सम्पन्न अधिवेशनमा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले अधिवेशनको उद्घाटन गर्दै नेशनल प्याब्सनले विद्यालय संचालकका समस्याहरु समाधान गर्न र देशमा शिक्षाको जग बलियो बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको जिकिर बताए । केन्द्रीय अध्यक्ष हमालले भक्तपुर जिल्ला शाखा सबैभन्दा एकताबद्ध रहेको प्रति सन्तोष व्यक्त गर्दै एकतामा नै बल हुने बताए । हमालले सदस्यहरुको समस्या र शिक्षाको समस्या समाधान गर्न जिल्लालाई केन्द्रले सहयोग गर्ने बताउदै केन्द्र पनि आफ्ना शाखा र सदस्यहरुको सक्रियताले नै सक्षम र जीवन्त बन्ने धारणा राखे ।

उद्घाटन सत्रमा नेशनल प्याब्सनका केन्द्रीय पदाधिकारीहरु उपाध्यक्ष शम्भु अधिकारी र डम्बर कार्की, सचिव विष्णु पराजुली, सह कोषाध्यक्ष विक्रम ढुकुछु, सदस्य जिबि खड्का, बागमती प्रदेश अध्यक्ष नारायण कुमार कार्की र उपाध्यक्ष पुण्यराम कवांले मन्तव्य राखेका थिए । त्यस्तै काठमाडौं जिल्ला अध्यक्ष अमृत खड्का, ललितपुरका उपाध्यक्ष, नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा भक्तपुरका सास्कृतिक सम्पदा संरक्षणविद् रविन्द्र पुरीलाई विशेष सम्मान समेत गरिएको थियो भने सदस्य विद्यालयहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपालको सदस्यता नवीकरण गरेका पैतिस विद्यालयका प्रतिनिधिहरु अधिवेशनको बन्द सत्रमा सहभागी रहेका थिए ।

एक पटक पढ्नुहोस