After header

विज्ञान–प्रविधीबाट नवप्रवर्तन र उद्यमशीलताको विकास गर्नुपर्छ : राष्ट्रपति पौडेल 

 काभ्रे ।

राष्ट्रपति रामचन्द्र पौडेलले आजको युगमा र विज्ञान–प्रविधीबाट नवप्रवर्तन र उद्यमशीलताको विकास गर्नुपर्ने बताएका छन् । उनले योे युगमा भविष्यको पुस्तालाई व्यापक र द्रुत आयाममा प्रविधिमय हुँदै गएको विश्वसँग प्रस्तिस्पर्धा गर्न सक्षम बनाउनुको विकल्प नभएको बताएका छन् । बुधबार काठमाण्डौ विश्वविद्यालयको नेपाल टेक्नोलोजि इनोभेसन भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले मानव मस्तिष्कको क्षमताले व्यवस्थित गर्न सक्नेभन्दा छिटो गतिमा विश्वमा परिरहेको जलवायु परिवर्तन, भूमण्डलीकरण र कृत्रिम विद्वताले मानव सभ्यताका सामू खडा गरेका चुनौतीलाई पनि पार लगाउँदै अगाडि बढ्नु पर्ने बताएका छन् ।

राष्ट्रपति पौडेलले नेपालकै प्रविधि र नवप्रवर्तनका लागि नमूना आधुनिक केन्द्रका रुपमा स्थापित यस प्राविधिक केन्द्रले सिकाईको सबै पक्षमा महत्वपूर्ण यागदान गर्ने छ भन्ने पुर्ण आशा लिएको बताउँदै भवन उद्घाटन संगै हाम्रो लागि अनुसन्धान तथा नविन प्रविधिको सुरुवात र काठमाडौं विश्वविद्यालयको मातहत र व्यवस्थापनमा रहेको केन्द्र सञ्चालनको आधार र यसको लाभ समग्र देशले पाउने पौडेलले बताए ।

राष्ट्रपति पौडेलले भने यस केन्द्रमा स्थापित कृषि, स्वस्थ्य र ऊर्जासम्वद्ध तीनवटै विशिष्टिकृत खोज–अनुसन्धान इकाईहरुले प्राज्ञिक प्रकृतिका अनुसन्धान कृति र आलेखहरू प्रकाशित गर्नुका अतिरिक्त समाज र राष्ट्रलाई प्रत्यक्ष उपयोगी हुने सीप, ज्ञान र दक्षता विकासमा पनि उत्तिकै योगदान गर्नसक्नु पर्नै बताए ।

कार्यक्रममा दक्षिण कोरियाको राजदुत र्पाक टे युङले हामी नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर हस्तान्तरण गरेर गणतन्त्र कोरिया र नेपाल दुई राष्ट्र बीचको स्थायी मित्रता र सहयोग सम्बन्धी प्रतिकको रुपमा प्रतिनिधित्व गर्ने बताएका छन् । आठ वर्षको अथक प्रयासको नतिजाको रूपमा ठडिएको भवनले हाम्रा दुई राष्ट्रहरूको साझा दृष्टिकोणका साथ काम गर्दा सही परिणाम निकाल्न सकिन्छ भन्ने आशा लिएको बताए । गणतन्त्र कोरिया नेपालको शान्ति, प्रगति र समृद्धिको यात्रामा राम्रो साथी तथा उत्कृष्ट साझेदारको रूपमा रहने बताए । पहिलो, कोरियाले नेपाललाई विकास सहयोगमा लगातार १५ वर्षदेखि प्राथमिकताको सूचीमा राखेर विकास साझेदार राष्ट्रको रूपमा निर्धारण गरेको बताए । कार्यक्रममा काठमण्डौ विश्वबिद्यालयको उपकुलपति डा भोला थापाले विश्व विद्यालयले प्रबिधिमैत्री शिक्षामा एक आयम थप गरिएको बताएका छन् । काठमाण्डौ विश्वबिद्यालयको टेक्नोलोजि भवन कोरिया सरसर र कोइकाको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।

एक पटक पढ्नुहोस