बेलायत ।
बेलायतको पिटरबरोमा सोमबार २०८० को दशैं शुभकामना आदानप्रदान तथा सांगीतिक साँझ सम्पन्न भएको छ ।
‘पिटरबरो नेपाली समाज’को आयोजनामा भएको कार्यक्रममा गायिका बन्दना पाण्डेले विशेष प्रस्तुति दिएकी थिइन्। यस्तै गायक पूर्णमान बज्राचार्य र एकता भण्डारीले पनि युगल गीत प्रस्तुत गरे ।
कार्यक्रममा बोल्दै पिटरबरो नेपाली समाजका अध्यक्ष केशव खतिवडाले संस्थाले सन् २००७ देखि नियमित दशैं विशेष कार्यक्रम गर्दै आएको बताउँदै आगामी दिनमा नेपाली समुदायको केन्द्रीत विशेष कार्यक्रमहरू गर्ने प्रतिबद्धता जनाए ।
नेपालीहरूकै लगानीमा सञ्चालित ‘ट्वान्टी-ट्वान्टी वर्ल्ड बफे’ रेस्टुराँमा भएको कार्यक्रममा पिटरबरो तथा आसपास बस्ने नेपाली विद्यार्थी, आमा-बुबा तथा व्यवसायीहरूको समेत उपस्थिति रहेको थियो ।
