After header

२४ घण्टा काभ्रे अपडेट: सवारी दुर्घटनामा २ को मृत्यु ७ घाइते

काभ्रे । काभ्रेमा पछिल्लो २४ घण्टामा भिविन्न छुट्टा छुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मंगलबार साँझ पनौती नगरपालिका-१० स्थित दाहालटारमा रोकिराखेको बा७च ६२७७ नम्बरको बोलेरोमा बा६५प ७१३९ नम्बरको स्कुटर अनियन्त्रित भई ठोक्किँदा स्कुटर चालक १६ वर्षीय इरोज ताम्राकारको मृत्यु भएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । स्कुटरमा सवार पनौती-७ बस्ने ठाडोबाटोका सुबोध श्रेष्ठ सामान्य घाइते भएका छन्। उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै आज वुधबार बिहान मिति कार्तिक १ गते ७ बजेको समयमा जिल्लाको काभ्रे पनौती न.पा.५ सुन्दरबस्ति स्थित काठमाण्डौबाट पुर्व ईलाम तर्फ जादै गरेको बा ६४ प १७७२ नं. को मोटरसाइकल लाई सोही दिशा जाँदै गरेको बा.प्र. ०३-००१ ज ०२९८ नं. को ईलेक्ट्रोनिक गाडिले ठक्कर दिई भाग्ने क्रममा सोही स्थित सड़क कुनाको नालिमा खस्दा उक्त गाडिमा र मोटरसाइकलमा सवार गरि ७ जना घाईते भई उपचारको लागि धुलिखेल अस्पताल पठाएको प्रहरीले जनाएको छ। उक्त सवारी साधन, मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको, ईलेक्ट्रोनिक गाडिचालक काभ्रे जिल्लाको पनौती न.पा. ५ बस्ने बर्ष ४१ को उपेन्द्र थापा जि.प्र.का.को नियन्त्रणमा रहेको, सडक अवरोध नरहेको, जनाएको छ ।

मृत्यु हुनेमा ईलेक्ट्रोनिक गाडिमा सवार रामेछाप मन्थली न.पा. १२ बस्ने बर्ष २० की रमिला बुढाथोकी रहेको प्रहरीले जनाएको छ

घाइते हुनेहरुमा सोही ठाउँका वडा नं. १ बस्ने बर्ष २३ की पुष्पा तामाङको टाउकोमा चोट अवस्था सामान्य रहेको, लिखुतामाकोसी गा. पा. ६ बस्ने बर्ष ५१ को टंक प्रसाद दाहाल दाहिने कुम र टाउकामा सामन्य चोट रहेको, मोटरसाइकल चालक ईलाम जिल्ला थाकथुम गा.पा. ३ बस्ने बर्ष ४० को राम कु. राई ढाडमा चोट अवस्था सामान्य रहेको मोटरसाइकलमा पछाडी सवार निजकै श्रीमती बर्ष ३९ की प्रविशा सुनुवार देब्रे खुट्टामा चोट अवस्था सामन्य रहेको बताइएको छ । यस्तै केही दिन अघि मात्रै पाँचखालमा टिपरले किचेर स्थानिय नारायण तिमल्सिनाको मृत्यु भएको थियो।

एक पटक पढ्नुहोस