काठमाडौं / शुक्रबार मध्यरातमा गएको भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा आवश्यक उद्धार कार्यका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले १० लाख नगद सहित स्वास्थ्यकर्मी र आवश्यक सामग्री पठाएको छ ।
भूकम्प प्रभावित २ जिल्लालाई तिलोत्तमाको १० लाख रुपैयाँ र स्वास्थ्य सामग्री सहयोग नगरपालिकाको शनिबार बिहान बसेको आकस्मिक बैठकबाट नगरप्रमुख रामकृष्ण खाँण, उपप्रमुख जागेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याललगायत कार्यपालिका सदस्यले निर्णय गरी उक्त क्षेत्रमा आवश्यक सहयोग पठाएका हुन् ।
नगर प्रमुख खाँणले भूकम्पले नराम्ररी क्षति पु¥याएको २ जिल्लाका लागि पालिकाको विपद् कोषबाट ५ लाख जाजरकोट र ५ लाख रुकुम पश्चिमलाई हुनेगरी बजेट पठाएको बताए । उनले आफू जान नसके पनि उद्धार कार्यका लागि पालिकाका स्वास्थ्य प्रमुखसहितको टोलीलाई पठाएको बताए ।
’म चढ्ने गाडीमै सम्पूर्ण सामग्री हालेर पठाएका छौं, उनले भने, ’मानवीयतामा अति संवेदनशिल बन्नुपर्छ भन्ने नै हाम्रो प्रतिबद्धता हो, त्यसैले हामीले यो कार्य गरेको हौं ।’ उनले भने ।
