After header

प्रहरीले चलायो जामर भेहिकल

काठमाडौँ/  काठमाडौको तिनकुने र बल्खुमा भईरहेको प्रदर्शनमा प्रहरीले जामर भेहिकल सञ्चालन गरेको छ । बल्खुमा दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शनमा प्रहरीले जामर भेहिकल सञ्चालन गरेको छ भने तीनकुने स्थित युवा संघको प्रदर्शन स्थलमा पनि १ थान जामर भेहिकल सञ्चालन गरिएको छ ।

प्रहरी सञ्चालन गरेको जामर भेहिकलले नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि चलाउने गरिन्छ । जामर प्रविधि चलाएसँगै प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ ।

एक पटक पढ्नुहोस