मकवानपुर।मकवानपुरको एक विद्यालयमा एक शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको खबर प्राप्त भएको छ।
मकवानपुर गढी गाउँपालिका वडा नं. ५ स्थित श्री शारदा माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत एक बालिकामाथि शिक्षकद्वारा यौनजन्य दुर्व्यवहार गरेको घटना बाहिर आएको हो ।
अनेरास्ववियु मकवानपुरले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषी शिक्षकलाई कारबाहीको माग गरेको छ।
घटना लुकाउने प्रयास भइरहेको भन्दै अनेरास्ववियुले आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको अनेरास्ववियु मकवानपुरका सचिब पुष्कर घिमिरेले जारी बिज्ञप्तिमा भनिएको छ ।
