After header

सडक विभाग कार्यालयको क्यान्टिनमा आगलागी

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित सडक विभाग कार्यालयको क्यान्टिनमा आगलागी भएको छ ।
आइतबार दिउँसो क्यान्टिनमा एक्कासी आगलागी भएपछि जुद्ध बारुण यन्त्र, नेपाल प्रहरी, काठमाडौँ महानगर प्रहरी बलले आगो निभाएका छन् ।

काठमाडौँ र ललितपुर बारुण यन्त्र कार्यालयबाट गएका दमकलको सहयोगमा आगो निभाइएको छ ।
आगो पूर्णरुपमा नियन्त्रणमा आएको काठमाडौँ महानगर प्रहरी बलले जनाएको छ । आगो कसरी लाग्गेको विषयमा थप अनुशन्ध भईरहेको प्रहरीले जनाएको छ ।

एक पटक पढ्नुहोस