After header

किसानलाई माथि उकास्न कृषि क्षेत्रभएकाले यसलाई नीतिगत सुधारको आवश्यकता ः राष्ट्रपति पौडेल

काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले गरीबीको रेखाभित्र परेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा भएको हँुदा यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता रहेको बताएका छन् । आज काभ्रेको बनेपामा बृहत कृषि महोत्सवको उद्धघाटन गदै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

काभ्रे जिल्ला कृषि एवम् पशुजन्य उत्पादन र बजारमुखी उत्पादनको दृष्टिले महत्वपूर्ण क्षेत्र समेत रहेको छ । कृषि उद्यमीहरू कृषि कर्मबाट अन्य पेशा, व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा यस क्षेत्रका उद्यमीहरूमा कृषि कार्यप्रतिको आकर्षण, रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायको व्यापकता अभविृद्धिमा यस महोत्सवले महत्वपूर्ण योगदान दिने उनको भनाई थियो ।

कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र संवद्र्धन गरी नयाँ पुस्तालाई परिचित गराउने तथा यसको ज्ञान र प्रविधि हस्तान्तरण गर्नुपर्ने आजको आवश्यकता रहेको समेत उनले बताए । राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति नै हो, उनले भने ।

मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद र सरकारले विशेष कार्यक्रम ल्याउन अति जरुरी रहेको बताए । सरकारले अब किसानका लागि काठमाडौ देखि अन्य ठाउँ समेत कालिपाटी जस्तो बजार अरु दुईचार वटा खोल्नु पर्ने समेत बताए ।

विदेशबाट फर्केका युवाहरूलाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने वातावरणको निर्माणमा हाम्रा नीति निर्माता, सरकार र व्यावसायिक संस्थाहरुले विशेष ध्यान दिनुपर्ने समेत उनले बताए । कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै विउविजन र मलको आपूर्ति, नवीनतम औजार÷उपकरण÷यन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्ने उनको भनाई थियो ।

अहिलेको आईसिटिको युगमा कृषि प्रविधिसम्बन्धी जानकारी, बजारको अवस्था, रोग, किरा, मौसमको जानकारी लगायत आवश्यक प्रविधि प्रचारको लागि आईसिटिको उपयोग गरी सम्पूर्ण सूचनाहरू देशभरीका कृषकलाई मोबाईलमार्फत उपलब्ध गराउने अहिलेको आवश्यकता रहेको बताए ।

एक पटक पढ्नुहोस