काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछाने बिच भेट गरेका छन् । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदन अध्ययन गरेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका हुन् ।
गृहमन्त्रीको सचिवालयमा कार्यरतर प्रतिभा रावलले गृहमन्त्री लामिछानेले प्रतिवेदन अध्ययन गरेर प्रधानमन्त्रीसँग भेट गरेको बताईन् । लगत्तै उनले नेपाल प्रहरीका महानिरीक्षक आईजीपी वसन्तबहादुर कँुवरलाई मन्त्रालयमा बोलाएका छन् ।
सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले बिहीबार बिहान आफ्नो प्रतिवेदन बुझाएको थियो ।
