After header

काभ्रे प्रशासनमा निःशुल्क टोल फ्रि नंवर सेवा सुरु

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभे्रपलाञ्चोकमा आज आईतबारदेखि निःशुल्क टोल फ्रि नंवर सेवा सुरु गरिएको छ । कार्यालयबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन उक्त सेवा सुरु गरिएको जनाइएको छ ।

सेवाको उद्घाटन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमको उपस्थितीमा एक कार्यक्रमको बिच उक्त सेवा उद्धघाटन गरेकी छिन् । कार्यालयमा सेवाग्राहीको समस्या, गुनासोलाई समयमै समाधान गर्न र कार्यालयलाई सल्लाह–सुझावसमेत प्राप्त गर्न उक्त सेवा सञ्चालनमा ल्याइएको उनले बताईन् ।

प्रजिअ शर्माका अनुसार टोल फ्रि नंवरमा कल गर्दा सेवाग्राहीलाई शुल्क नलाग्ने र जुनसुकै सेवाप्रदायक सिम वा फोनबाट पनि सम्पर्क गर्न सकिनेछ । ‘सेवाग्रहीबाट प्राप्त भएको गुनासोको लिखित रुपमा समेत राखी क्रमशः समाधान गर्दै लगिनेछ’, शर्माले भनिन् । उक्त सेवा दैनिक विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालनमा रहने उनको भनाई थियो । टोल फ्रि नम्बर १८१०५०००३७७ रहृेको छ ।

एक पटक पढ्नुहोस