काठमाडौँ । दुई जना महिलाबाट २ केजी ६५४ ग्राम लागुऔषध बरामद लागुऔषध ब्यरोले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्युरोले इथियोपियाबाट आएका दुई जना महिलाबाट २ केजी ६५४ ग्राम लागुऔषध बरामद गरेको हो ।
कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर भएका केभिना मुगाला र लिलियन सुशान वानयेन्जेबाट कोकिन बरामद गरिएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।
बरामद कोकिनको बजार मूल्य ७ करोड ९६ लाख पर्ने मूल्याङ्कन गरिएको उनले बताए । कोकिन लिन भारतबाट आएकी ३३ वर्षीय देवाजनी पाल पनि पक्राउ परेकी छन् । मुगालाले पेटमा निलेर र लिलियनले चकलेटमा लुकाएर लागु औषध काठमाडौँमा ल्याएका हुन् ।
कारोबारीहरूले सो लागु औषध भारतमा पठाउन काठमाडौँलाई ट्रान्जिट बनाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
