काभ्रे । काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ११ धनेश्वरमा आइचर गाडी दुर्घना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
धनेश्वर स्थित भित्री सडक खण्डमा धनेश्वरबाट पाकुटोल तर्फ जाँदै गरेको बा ६ च ६३४० नं. को सिमेन्ट बोकेको आईचर गाडि आफै अनियन्त्रि भई दुर्घना हुँदा चालक बद्री बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
गाडी सडकबाट अन्दाजी ४० मिटर तल खसेको छ ।
दुर्घटनामा चालक सहित ३ जना घाईते भएका थिए । उनीहरुलाई उपचारका लागि शिरमेमोरियल अस्पताल बनेपा ल्याइएको थियो ।गाडी चालक पनौती नगरपालिका ५ ढलमले बस्ने अन्दाजी बर्ष ५२ का बद्रि बोगटीको उपचारका क्रममा मृत्यु भएको हो । उनको टाउकोमा चोट लागेको थियो ।
गाडीमा सवार भुम्लु गाउँपालिका २ बस्ने अन्दाजी बर्ष २३ का बिष्णु पहरी र भुम्लु गाउँपालिका २ बस्ने अंन्दाजी बर्ष २४ का सुमन पहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
