After header

दुई दिने महिला आत्मरक्षा तालिम बनेपामा शुरु

काभ्रे । जिल्ला यूवा समिति काभ्रेको आयोजनामा काभ्रेको बनेपामा दुई दिने महिला आत्मरक्षा सम्बन्धी तालिम शुरु भएको छ । सिर्जनशीलता र उद्यमशीलता प्रवद्र्धन, बागमतीमा यूवा सशक्तिकरण भन्ने मूला नाराको साथ देशका विभिन्न क्षेत्रका महिलामाथि हुने बलत्कार, जबरजस्ती करणी, कुटपपिट जस्ता घटना मौलाउदै गएको बेला काभ्रे जिल्लाको बनेपामा विद्यालयका अध्यनरत विद्यार्थीहरुलाई दुई दिने तालिम दिन आजबाट सुरु भएको हो ।

तालिमको उद्धघाटन गदै जिल्ला समवन्य समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ महिला तथा किशोरीहरुमाथि अझै पनि हाम्रो समाजमा धेरै घटना हुने गरेकाले त्यसको अन्त्यका लागि यो तालिमले धेरै महत्पूर्ण रहने बताए । ‘बालिका, किशोरीदेखि महिलामाथि हुने दुर्व्यवहारलाई अन्त्य गर्न आफूले सिकेर मात्र होइन् सिकेका कुरालाई अन्य साथीहरुलाई सिकाउन सके राम्रो प्रभाव पर्ने उनले बताए ।

हरेक क्षेत्रमा हुने सबैखाले हिंसाको प्रतिकार प्रतिरक्षाको लागि मानसिक एव शारीरिक हिसाबले तयार रहनका लागि तालिम महत्त्वपूर्ण हुने र अझ विद्यालयमा अध्ययरत छात्राका लागि यो तालिम झनै महत्पूर्ण रहने उनले बताए ।तालिममा हिंसाका प्रकार, आत्मरक्षाको महत्व, आत्म जागरण र हिंसा न्यूनीकरण गर्न कानुनी प्रावधान लगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिईने जिल्ला यूवा समितिका काभ्रेका अध्यक्ष प्रकाश थापाले जानकारी दिए ।

किशोरी, बालिका र महिला घरपरिवार, विद्यालय र कार्यक्षेत्रमा असुरक्षित भएको रिर्पोटको आधारमा सुरक्षित बनाउनका लागि आत्मरक्षा विषयक तालिम हरेक वर्ष विद्यालयका विद्यार्थी दिईने गरेका थापाले जानकारी दिए । काभ्रे जिल्लामा हरेक वर्ष यस सस्थाले विद्यालयमा नै यस्ता खालका तालिम दिईरहेको बताए ।

यस तालिमबाट आफू कसरी सुरक्षित रहने र आफ्नो लागि कसरी आत्मरक्षा गर्ने सकिन्छ भन्ने कुरा तालिमको अवधीमा सिकाईने अध्यक्ष थापाले जानकारी दिए । छात्रालाई विद्यालयमा वा घरमा आउने बेलामा त्यस्ता घटना घट्न सक्ने भएकाले यो तालिम महत्वपूर्ण रहने उनले जानकारी दिए ।

कार्यक्रममा जिल्ला यूवा समिति काभ्रेका सल्लाहकार रोशन पाण्डेले महिला हिंसा बढेको अवस्थामा महिलाले कसरी आफ्ना लागि आत्मरक्षा गर्न सकिन्छ र आफू कसरी सुरक्षित भईछ भन्ने तालिममा सिकाईने भएकाले यस तालिमबाट महिलालाई फाईदाजनक हुने बताए । ‘बालिका, किशोरीदेखि महिलामाथि हुने दुर्व्यवहारलाई अन्त्य गर्न उक्त तालिमबाट दुइदिन सम्म आफूले सिकेर मात्र होइन् सिकेका कुरालाई अन्य साथीहरुलाई सिकाउन समेत पाण्डेले तालिममा सहभागिहरुलाई आग्रह गरेका थिए ।

सस्थाका सदस्य सुरेन्द्र शाहले स्वागत मतव्य राखेको कार्यक्रममा पिपुल्स कलेजका कलेज प्रमुख सूर्य प्रसाद पौडेल, कलेकका प्रशासन प्रमुख पुष्प कोईराला, पत्रकारहरु रोजन तामाङ, शुकदेव थपलिया, शिखर चिमौरीया लयागतको उपस्थिी रहेको थियो । दुईदिन सम्म चल्ने तालिममा प्रशिक्षक रुपा थापा र निर्मला राउतले सुरुआती चरणमा आक्रमणबाट कसरी बच्ने, संवेदनशील अंगमा बचावट गर्नेदेखि उल्टै प्रहार गर्ने लगायतका गतिविधि प्रशिक्षण दिइने र आफू केकसरी सुरक्षित भईने लगायतका विषयमा प्रयोगात्मक र फिजिक्ली तालिम दिईने बताईको थियो ।

दुईदिन सम्म चल्ने उक्त तालिममा पिपुल्स कलेजमा अध्यनरत ३० जना छात्राहरुको सहभागिता रहेको छ ।

एक पटक पढ्नुहोस