After header

पिकअप भ्यान दुर्घटना हुदाँ बागलुङमा चालकसहित ५ जनाको मृत्यु

बागलुङ । पिकअप भ्यान दुर्घटना हुदाँ बागलुङमा चालकसहित ५ जनाको मृत्यु भएको छ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गर्दा उक्त भ्यान दुर्घटनामा परेको हो ।उक्त पिकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको हो ।

ग२च ९२४७ ‘पिकअपभ्यान’ सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए । घटनामा मृतकको पहिचान खुलिसकेको छैन ।‘पिकअपभ्यान’मा सवार एक जनाको भने जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

एक पटक पढ्नुहोस