After header

मन्त्रिपरिषद बैठक ९ बजे बालुवाटारमा बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको छ । बैठकमा पूर्वसभामुख दमनानाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने प्रस्तावबारे छलफल हुने बताइएको छ । ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो ।

उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न सभामुख देवराज घिमिरेले प्रधानमन्त्री र कानुन मन्त्रीसमेतलाई सुझाव दिएका थिए ।ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ । त्यसअघि सानो गौरचणमा बिहान साढे ११ बजे हुने श्रद्धाञ्जली सभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् ।

वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बनेका थिए । उनी सरकार–माओवादी शान्तिवार्ताका सहजकर्तासमेत थिए ।

एक पटक पढ्नुहोस