After header

उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न हुन्छ ः गृहमन्त्री लेखक

काठमाडौँ । उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले उनीमा सबैलाई गृहमन्त्री रमेश लेखकले आग्रह गरेका छन् । गृहमन्त्री रमेश लेखकले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको समेत जनाएका छन् । शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री लेखकले उपनिर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गराउनका लागि सुरक्षा निकायका सबै अंगहरुलाई निर्देशन दिइएको पनि बताए । उपनिर्वाचन केन्द्रित सुरक्षा निकायको बैठक बसेको र त्यसले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा उपलब्ध गराउने आवश्यक निर्णय गरिरहेको उल्लेख गर्दै उनले त्यसका लागि निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने कुरामा सरकार तयार रहेको पनि बताए ।

एक पटक पढ्नुहोस