बिकुनारायण ताम्राकार
काभ्रे । पुनःनिर्माणलाई व्यवस्थित बनाउने विषयमा पनौती नगरपालिकाले सरोकारवालासँग छलफल गरेको छ । हिजो आईतबार नगरपालिकामा आयोजना गरिएको छलफल कार्यक्रममा नगरपालिकाका तर्फबाट नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा,प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, संविधानसभा सदस्य रामहरी सुवेदी, नेपाली काग्रेसका केन्द्रीय सदस्य शिब प्रसाद हुमागाई,बागमती प्रदेश पूर्व मन्त्री वसुन्धरा हुमागाई, पूर्व नगर प्रमुख सप्तकाजी बुद्धचार्य, कार्यपालिका सदस्यहरु, विभिन्न दलका प्रतिनिधि,संघसंस्थका प्रतिनिधि, सर्वसाधरण तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
नगरपालिकाले छलफल कार्यक्रममा हाल सम्म गरेका कार्यहरुको जानकारी गराएको थियो । विपत्को तत्कालिन समयमा तदारुकताका साथ कार्य गरेको र उद्धार कार्यमा हेलिकप्टर सम्मको प्रयोग भएको,अबरुद्ध विद्युतलाइनहरु शिघ्र मर्मत गरिएको,क्रसर व्यवसायीहरुको संलग्नतामा अवरुद्ध सडक संचालनमा ल्याइएको, खानेपानीको अस्थायी व्यवस्थापन गरिएको, विद्यालय संचालनका लागि आवश्यक क्रियाकलाप गरेको जानकारी गराएको थियो ।
छलफल कार्यक्रममा नगरपालिकाको तर्फबाट खानेपानी तथा सिंचाइको स्थायी व्यवस्थापन, दिगो एकीकृत वस्ती विकास, सार्वजानिक र व्यक्तिगत सम्पत्ति संरक्षण, सडक संजालको दिगो व्यवस्थापन, सार्वजानिक कार्यालय तथा सम्पत्तिहरुको पुर्ननिर्माण तथा स्थायीत्व, खानीजन्य पदार्थको संरक्षण, संवर्धन र विकास, आर्थिक, सामाजिक तथा मानसिक क्षमता विकासका लागि योजनावद्ध कार्यक्रमहरुको संचालनलाई चूनौतीको रुपमा प्रस्तुत गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा क्षतिको विषयमा जानकारी गराइएको थियो । नगरपालिकाको पछिल्लो तथ्यांङ्क अनुसार नगरभित्र बाढी पहिरोका कारण १९ जनाले ज्यान गुमाएका र १ जना बेपत्ता रहेको जनाईएको थियो । गम्भिर घाइते हुनेको संख्या २५ जना रहेको छ । पशुधन तर्फ २ हजार बढीको मरेका छन् । जिल्लाको महत्वको योजना एकीकृत खानेपानेपानीको मुख्य पाईपलाइन करिब ७ किलोमिटर नष्ट भएको छ ।

अन्य स्थानका अधिकांश खानेपानीको मुहान तथा प्रशारणलाईनमा क्षति पुगको छ ।६ सय घरहरु बगाएको र थुप्रै नागरिक घरबार बिहिन बनेका ४ सय बाइस घरमा आंशिक क्षति पुगेको कार्यक्रममा जानकारी गराईको थियो । नगरपालिका भित्रका कच्ची र पक्की गरी ३८ किलोमिटर सडकमा क्षति पुगेको, १४ ओटा पक्की पुल, १२ कल्र्भट र १ झोलुङ्गे पुलमा क्षति पुगेको छ । ३ स्वास्थ्य चौकीको भवन १८ ओटा विद्यालयका भवनहरुमा क्षति पुगेको नगरपालिकासँग तथ्यांक छ । नगरपालिकाको तथ्यांङ्क अनुसार सबै भन्दा कम वडा नं ७ मा शुन्य र सबै भन्दा बढि वडा नं १२ मा १ सय ७२ घर पूर्णरुपमा क्षति भएका छन् । पशुधन तर्फ ७५ ओटा भैंसी ७० ओटा गाई २ सय ७३ बाख्रा, ६हजार ४ सय १२ कुखुरा, ६० बंगुर, ५ सय २४ हाँस मरेका छन् भने ८ हजार ६३ के.जी ट्राउट र ५ हजार कार्प माछा मरेका छन् ।
भौतिक संरचना तर्फ सडक, सिंचाइ, खानेपानी, पुल लगायत बाढी पहिरोको मारमा परे । सरकारी भवन तर्फ ६ र सर्वजानिक भवन ४ ओटामा क्षति पगेको छ । कृषिबाली तर्फ करोड ३४ लाख ५२ हजारको धान, १० करोड ९० लाख ९२ हजारको आलु, ४ करोड ७ लाख ९० हजारको मकै, ४ करोड ३७ लाखको तरकारी, ९३ लाख ८६ हजारको तोरी १ करोड ७८ लाख ९७ हजारको फलफूल तथा अन्यबाली तर्फ २१ लाख २७ हजार बराबरको क्षति पुगेको जनाइएको छ ।
यसरी विभिन्नबाली गरी कुल २३ करोड ६४ लाख ४४ हजार बराबरको क्षति पुगेको तथ्यांक प्रस्तुत गरिएको थियो । तथ्यांक अनुसार नगरभित्र टनेल, च्याउ कृषि यन्त्रउपकरणमा १ करोडको क्षति पुगको छ । कार्यक्रमका सहभागीहरुले पनौती क्षेत्रको खानेपानी, नगर क्षेत्रमा संचालित खानी, एकीकृत वस्ती विकास लगायत नगरपालिकाले पुर्ननिर्माणका लागि गर्नुपर्ने कार्यका विषयमा विचार राखेका थिए ।
