काभ्रे । नेपाली कांग्र्रेसका प्रवक्ता एवं सांसद डा प्रकाशसरण महतले पार्टीभित्रको गुटउपगुटको चिरफार गदै एकताको आवश्यक रहेको बताएका छन् । नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकको बनेपामा आयोजित २३ औँ जिल्ला प्रतिनिधि सभा तथा शिक्षक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । पार्टीभित्रै आफुभित्रै विपक्षी देख्ने बसेको बानीलाई परिवर्तन गर्दै आफुआफूबीच एकताको सन्देश दिनुपर्छ । पार्टीभित्र गुटउपगुटको चिरफार गर्दै ‘एकता’को बलले मात्रै आगामी निर्वाचन ०८४ मा कांग्रेस एक्लैले बहुमत ल्याइने उनको भनाई थियो ।
राजनितिक गर्ने हो भने अब स्थानिय तहमा सबैले सगठन बनाउन लाग्नु निर्देशन थिए । अहिले काहिकतै गुट छैन नेपाली काग्रेस माथि एक छ भन्दै स्थानिय तहमा गुटउपगुट सुरुको भन्दै यसलाई सबै नेता पिच्छे गुट हैन र्संगठन बनाउन र काँग्रेस सबै तहमा एकढिक्का बनाउन लाग्न समेत उनले आग्रह गरे । काँग्रेस वडा नगर, जिल्ला देखि बलियो भएर आयो मात्रै केन्द्र बलियो हुने बताउदै केही समस्या छ भने वडा देखि नै मलिाएर आउन समेत उनले सबै नेता कार्यकर्तालाई अनुरोध गरे ।

नेपाली सामाजिक र आर्थिक क्रान्तिको अगुवाई कांग्रेसले गर्दै आएको बताए । उनले आज सात दशकभन्दा अघिदेखि नेपाली कांग्रेसले सामाजिक–आर्थिक क्रान्तिको अगुवाई गर्दै आएको दावी समेत गरे ।सामाजिक र आर्थिक क्रान्तिको अभियानलाई राजनीतिक द्वन्द्वले केही समय अवरोध ग¥यो, हैन भने २००७ सालदेखि ०१७ साल, ०४६, २०६२÷०६३ सालको जनताको क्रान्तिदेखि शान्ति स्थापना तथा संविधान जारी र कार्यान्वयनमासमेत कांग्रेसले अगुवाई गर्दै आएको उनले बताए ।
उनले स्वघोषणा र बल प्रयोग गरेर सत्तासिन बन्न पाइन्छ भन्ने हैन, जनताको मत जितेर सत्तामा जानुपर्छ भन्ने मान्यतालाई स्थापित गराएको बताए । सामाजिक सञ्जालमा विपक्षीले गरेको झूटो पोष्ट हेरेर कांँग्रेसले केही गरेर भन्य भाष्य नबनाउनुन्, सही के हो, गलत के हो छुट्याएर मात्रै दृष्टिकोण बनाउने गर्नुस् ।

नेता महतले महामानव विपी कोइराराले भने झैँ ‘सत्यको मुख बन्द हुँदा झूटको थुतुनो खुल्छ’ अवस्था भइरहेकाले सत्यको मुख खोल्नुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा पार्टीको केन्द्रीय सदस्यद्वय शिवप्रसाद हुमागाई र मधुप्रसाद आचार्य, जिल्ला सभापति तिर्थ लामा, नेपाली काँग्रेसको प्रतिनिधि सभा एकका सभापति दिनेश लामा, दुईका महेश खरेल लगायतले शिक्षकको योगदानबारे चर्चा गरेका थिए । सो अवसरमा शैक्षिकसत्र २०८० र २०८१ मा उत्कृष्ट जिल्लास्थित शिक्षकलाई सम्मान गरिएको थियो ।
