After header

पोखरा महानगरका शाखा अधिकृत कपिल गिरीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । पोखरा महानगरका शाखा अधिकृत कपिल गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको पोखरा महानगरपालिका कार्यरत उनीलाई विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
पोखरा महानगरको उजुरी फछर्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत (सातौं तह) कपिल गिरीविरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

अख्तियारबाट आएको उजुरी पत्रबारेको प्रमाण मेटाइदिने भन्दै सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गिरीलाई नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा गिरीले सेवाग्राहीसँग उक्त रकम घुस लिएको पुष्टि भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो दाबी सहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

एक पटक पढ्नुहोस