काठमाडौं । श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान पक्राउ परेको प्रहरीले जनाएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा श्रीमतीको हत्या गरी फरार भएका श्रीमान् हरिराम यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
गत फागुन १७ गते २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो । अञ्जलीको शव भेटिएको केही दिनअघि नै श्रीमान रामहरि १० महिने छोरीलाई लिएर बेपत्ता भएका थिए । स्थानीयका अनुसार श्रीमान् श्रीमतीबीच विवाद भएको थियो । श्रीमान् रामहरि पक्राउ परेपनि छोरी अझै कुन अवस्थामा छन् भन्ने खुलेको छैन ।
