प्रदेश नं ४ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले सुक्खा जमिनमा सिँचाइको व्यवस्था गर्दै कृषिमा प्रदेशलाई आत्मनिर्भर बताएका छन्।
प्रदेश र नेपाल सरकारअन्तर्गतका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र विश्व खाद्य कार्यक्रमद्वारा यहाँ आज आयोजित ‘संघीय संरचनामा नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (नेक्साप)’ विषयको अन्तक्रियामा उनले गाउँ तथा शहरका खेतीयोग्य जमीन बाँझो राख्न नपाउने नियम लागू गरी त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइने बताए । पछिल्ला समयमा भइरहेका खेतीयोग्य जमिनका खण्डीकरण रोक्न आफूले ऐन, नियम र नीति तयार पार्ने उनले बताए।
