After header

समाजवादीको मुखपत्र ’संकल्प’ लोकार्पण

काभ्रे । समाजवादी प्रेस संगठन नेपाल काभ्रेपलाञ्चोकद्वारा प्रकाशित मुखपत्र ’संकल्प’ एक कार्यक्रमका बिच लोकार्पण गरिएको छ । संगठनका केन्द्रीय अध्यक्ष एवं प्रमुख अतिथि शम्भु श्रेष्ठले संकल्प माथि चर्चा गर्दै डिजिटल प्लेटफर्म हेर्ने र पुस्तक– पत्रपत्रिका पढने चिज भएकोले यसको महत्त्व रहेको बताए ।

लोकार्पण कार्यक्रममा कार्यक्रममा बोल्दै पोलिटब्युरो सदस्य एवं काभ्रे जिल्लाका इन्चार्ज टोकबहादुर वाइबाले एउटा पत्रकारले सकारात्मक र नकारात्मक दुवै कुरा देख्न सक्नुपर्ने बताउँदै पत्रकारले कुनै पनि राजनीतिक झण्डा नबोकी निष्पक्षताको आधारमा कलम चलाउनुपर्ने उनको भनाई थियो । त्यसैगरी बागमती प्रदेशका पूर्वमन्त्री एवं पोलिटब्युरो सदस्य लक्ष्मण लम्सालले अहिलेको अनलाइनको जमानामा एउटा पठनीय किताब प्रकाशन गरेकोमा खुशी व्यक्त गरे ।

अहिले समाजमा सकारात्मक सूचनाभन्दा पनि नकारात्मक सूचना चाँडै प्रचार हुने गरेको छ । नकारात्मक सूचनाहरूकै कारण राम्रा सूचना छायाँमा परेका छन् । समाजलाई सकारात्मक सूचना दिने, सही बाटोमा ल्याउने काम मिडियाको हो र अहिलेको वर्तमान अवस्थामा पत्रकारहरूलाई आजको समय कुनै चुनौतीभन्दा कम नभएको लम्सालले बताए ।

नेकपा एकीकृत समाजवादी काभ्रेका अध्यक्ष बसुन्धरा हुमागाईंले जो–जुन संगठनमा भए पनि सबैले सबैको पक्षमा सकारात्मक कामहरू गर्दै जानुपर्ने उनको भनाई थियो । संगठनको अध्यक्ष दिनेशराज खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष महेश पौडेल, गोकुल गौतम,

सहसचिवहरुत्रय, नेपाल पत्रकार महासंघ काभ्रेका कार्यवाहक अध्यक्ष कपिल कोइराला, प्रेस युनियन नेपाल काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी काभ्रेका अध्यक्ष केदारनाथ तिमल्सिना, प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रामप्रसाद ढकाल,राष्ट्रिय जनजाति पत्रकार महासंघका अध्यक्ष ईन्द्र बहादुर थापा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा समाजवादी प्रेस संगठनका महासचिव रोहित दाहाल, कोषाध्यक्ष भरत राज पोखरेल, बरिस्ठ पत्रकार बोधराज त्रिपाठी र काभ्रेका क्रियाशील पत्रकारहरु साथै पार्टीका विभिन्न जिम्मेवारीमा रहेर भूमिका निर्वाह गर्नु हुने पदाधिकारीहरुको बाक्लो उपस्थिति थियो ।

एक पटक पढ्नुहोस