After header

मध्येरातमा प्रहरीको अपरेसन ः चक्रे मिलनसहित ४८ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले मध्येरातमा काठमाडौको विभिन्न ठाउँबाट गुण्डागर्दी गदैं हिड्ने ब्यक्ति पक्राउ गरेको छ । उपत्यकामा बढिरहेको गुण्डागर्दीविरुद्ध रातभर प्रहरीले गुण्डाविरुद्ध अपरेसन चलाएको थियो ।सोक्रममा महाराजगञ्जस्थित साम्बला होटलको आठौँ तलाबाट गुण्डा नाइके चक्रे मिलनसहित ४८ जना पक्राउ परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए । त्यहाँ चक्रे मिलनको जन्मदिन मनाउन उनीहरू जमघट भएको बुझिएको छ ।

उनीहरू अर्का गुण्डा नाइके दीपक मनाङेको प्रभाव क्षेत्र मानिने ठमेल क्षेत्रमा जाने तयारीमा रहेको प्रहरीलाई सूचना पुगेको थियो । ठमेल एलओडीमा चक्रे मिलनको टोली आउने तयारी र त्यहाँ मनाङेका समर्थक भेला भएपछि मुठभेडको सम्भावनासमेत बढेको थियो ।

‘विभिन्न अपराधिक गतिविधिमा संलग्न भएकाहरूको अवाञ्छित गतिविधि बढेपछि हामीले नियन्त्रणमा लिएका हौँ । पक्राउ परेकाहरूको क्रिमिनल ट्रयाक रेकर्ड आज बिहानदेखि केलाउन सुरू गरेका छौँ । त्यहीअनुसार कारबाही अघि बढ्छ’, आचार्यले जानकारी दिए ।काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टीमले गुण्डाविरुद्ध संयुक्त अपरेसन चलाएको थियो ।

एक पटक पढ्नुहोस