After header

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि सर्टलिस्ट प्रकाशन

काठमाडौं । देशका ठूला चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपलकुपतिका लागि आवेदन दिएका मध्ये स्वास्थ्य मन्त्रालयले सर्टलिस्ट प्रकाशन गरेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(धरान), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि स्वास्थ्य मन्त्रालयले ४ असारमा दरखास्त आवाह्न गरेको थियो । जसमा चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ५५ जनाले आवेदन दिएका थिए ।

मन्त्रालयका अनुसार कार्ययोजना प्रस्तुतीकरण र अन्तवार्ताका लागि प्रत्येक प्रतिष्ठान मध्ये ६–६ जनालाई सटलिस्टमा राखेको छ ।सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता साउन २२ र २३ गते तोकिएको छ । जसमा पाटनको २२ गते बिहान ९ बजे र पोखराको दिउँसो २ बजे अन्तर्वार्ता समय तोकिएको छ ।त्यसैगरी कर्णालीको २३ गते बिहान ९ बजे र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिउँसो २ बजे अन्तर्वार्ता हुँदैछ ।

 

 

एक पटक पढ्नुहोस