After header

रास्वपाको एजेन्डा केन्द्रित छलफल जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक एजेन्डा केन्द्रित छलफल जारी रहेको छ । बर्दिया जिल्लाका सभापति विपिन पौडेलको निधनमा दुःख ब्यक्त गरेर सुरु भएको बैठकमा अहिले एजेन्डा केन्द्रित छलफल भइरहेको प्रवक्ता मनिष झाले बताए । बैठकमा समसामयिक राजनैतिक एवं पार्टी गतिविधि सम्बन्धमा छलफल हुनुको साथै रुपन्देहीमा सम्पन्न संसदीय दलको बैठक, रुपन्देही–३ उपनिर्वाचनको तयारी र सुदूरपश्चिम प्रदेश समस्या समाधान कार्यदलको प्रगति अपडेटबारे पनि छलफल हुने प्रवक्ता झाले बताए ।

विधान व्याख्या (अनुशासन आयोगको प्रयोजनको लागि) अनुमोदन सम्बन्धमा, रुपन्देही उपनिर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दल दर्ताका सम्बन्धमा र प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन सुचीबाट नाम हटाउने सम्बन्धी निवेदनका विषयमा पनि आजको बैठकमा छलफल हुने उनले जानकारी दिए ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा फ्युचर लिडर्स समिट आयोजना गर्ने सम्बन्धमा, भिजिट भिसा प्रकरण छानबिन समितिको म्याद थप सम्बन्धमा, विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था गर्न दबाब दिने अभियान सम्बन्धमा र सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर प्रभावकारी बनाउने सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने उनले बताए ।

एक पटक पढ्नुहोस