After header

शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने ः गृहमन्त्रीका अर्यालको पहिलो निर्णय

काठमाडौं । शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउन नवनियूक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पहिलो निर्णय गरेका छन् । सरकारले जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै उक्त निर्णय गरेका हुन् । यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइनेछ । कहिले शोक दिवस मनाउने भन्ने निर्णय मन्त्रिपरिषद्ले तय गर्ने छ । यस्तै मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गृहमन्त्री अर्यालले गरेका छन् ।

एक पटक पढ्नुहोस