After header

बागलुङ कारागारमा दुई कर्मचारीचारी सहित ५३ मत खस्यो

बागलुङ । बागलुङ कारागारमा दुई कर्मचारी सहित ५३ मत खस्यो जनाईएको छ । कुल ५५ मतदाता रहेको बागलुङ कारागारको अस्थायी मदतान केन्द्रमा मतदान सम्पन्न भएको छ । ५३ कैदीबन्दी र दुई कर्मचारी गरी जम्मा ५५ मतदाता रहेको जिल्ला कारागार बागलुङमा ५३ मत खसेको छ । समानुपातिक प्रणालीको मात्रै मतदान हुने केन्द्रमा ९६.३६ मत खसेको मतदान अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिए ।

बागलुङ कारागारमा रहेकामध्ये मतदाता परिचयपत्रमा नाम भएका ५३ जना कैदीबन्दीमध्ये एक जना स्थानान्तरण र एक जना कैद मुक्त भइसकेकाले ५१ जना कैदीबन्दी र दुई कर्मचारीले मतदान गरेका छन् । मतदान सम्पन्न भएपछि दलका प्रतिनिधिको रोहबरमा मतपेटिका बुझाउने प्रकृया थालिएको छ ।

एक पटक पढ्नुहोस