After header

नाईटिङ्गेल एकेडेमीको एसईई उतिर्णलाई सम्मान एवं दिक्षान्त सम्पन्न

काभ्रे । नाईटिङ्गेल एकेडेमीले शैक्षिक सत्र २०८१ मा एस ई.इ उतिर्ण ४३ जना विद्यार्थीहरुलाई सम्मान तथा कक्षा एसकेजी उत्तिर्ण विद्यार्थीहरुको दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रञ्जितको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेना मेँहेर गण धुलिखेलका प्रमुख झलक सुवेदीको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि सुवेदीले साना सानाभाईबहिनीहरु भोलिका कर्णधार भएकाले सबै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकल सहित पढ्नमा ध्यान दिन आग्रह गरेका थिए ।

कार्यक्रममा विद्यालयकी प्रिन्सिपल उमा बस्नेत, विद्यालयका अडिनेटर विक्रम प्रजापति तथा प्रि–प्राईमरी को–अडिनेटर पुण्यश्वरी मानन्धर लगायतले विद्यालयले प्रदान गरिरहेको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधारसँगै प्रविधियुक्त शिक्षा, बालबालिकाहरुको सिकाई उपलब्धी, ब्यवहारीक तथा नैतिक र सामाजिक शिक्षा, संस्कृति र संस्कारयुक्त शिक्षाका लागि विद्यालयले उपलब्ध गराएको वातावरण लगायतका विषयमा धारणा राखेका थिए ।

नाईटिङ्गेल एकेडेमीले निरन्तर जिल्लामा शिक्षा क्षेत्रमा योगदान पु¥याउँदै गुणस्तरमा उचाई कायम राखिरहेको छ । कार्यक्रममा एसकेजी उत्तिर्ण ६४ जना विद्यार्थीहरु दीक्षित गरिएको थियो । विद्यार्थीहरुले नृत्यका अलावा गीत र फेशन शो, कराते समेत प्रर्दशन गरेका थिए । समुदाय, अभिभावक र विद्यालय परिवारको संयुक्त सहभागितामा मात्रै विद्यार्थीहरुले प्राप्त गर्नुपर्ने सीप र ज्ञान उपलब्ध हुन सक्ने भन्दै विद्यालयले फरक खालको अभ्यास गरिरहेको अध्यक्ष रत्नकुश रञ्जीतले बताए ।

कार्यक्रममा विद्यालयको प्रथम महिला सिंजा रञ्जित, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, अभिभावक तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।

 

एक पटक पढ्नुहोस