After header

रास्वपा नमोबुद्ध नगरपालिकाको तदर्थ समिति गठन

काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपाकिलामा राष्ट्रिय स्वतन्त्र पार्टीको नगर तदर्थ समिति गठन गरिएको छ । हिजो अर्थात जेठ ७ गतेको भेलाबाट पुस्कर न्यौपानेको सभापतित्वमा समिति गठन भएको छ । जसमा उपसभापति सुमन सिलवाल, सचिवमा गोपाल कुईकेल, सहसचिवमा वसन्ती लामा, कोषध्यक्षमा क्रृषिराम वैद्य रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा चन्चली रिजाल, विक्रमहरी तिवारी, कमला श्रेष्ठ, मान बहादुर तमाङ,कुमार बहादुर खड्का, प्रेम प्रसाद सापकोटा, विर बहादुर लामा र सुजन बहादुर सार्की सर्वसम्मत चयन गरिएको क्षेत्रिय सचिव प्रकाश तिमल्सिनाले जानकारी दिए । उनका अनुसार नमोबुद्ध नगरपालिकामा आधिकारी तसर्थ समिति गठन भएको र उही जेठ १५गते नगरको पहिलो अधिवेशन समेत गरिने तिमल्सिनाले जानकारी दिए ।

कार्यक्रमबाट नवगठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । सभापति पुस्कार न्यौपानेले आफू सर्वसम्मत रूपमा चयन भएकोमा हृदयदेखि आभार व्यक्त गर्दै सबै समर्थक, साथीहरू र मतदाताप्रति धन्यवाद व्यक्त गरे । उनले नगरको समग्र विकासका लागि पूर्ण रूपमा प्रतिबद्ध रहने बताए ।

उनले भोलिका दिन पार्टीले दिएको जिम्मेवारीबाट कहिले नहट्ने बताउदै नगर भित्र हुने जुनसुकै कामका लागि आफै सधैव तयार रहेको बताएका थिए । त्यस्तै, कार्यक्रममा क्षेत्रिय सचिव प्रकाश तिमल्सिनाले आफूहरुलाई प्राप्त जिम्मेवारीप्रति एकिवद्धता गदै नवगठित समितिले पारदर्शिता, जवाफदेहिता र जनमुखी कार्यलाई प्राथमिकता दिँदै नमोबुद्ध नगरको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास लिएको बताएका थिए ।

एक पटक पढ्नुहोस