After header

९० लाख बढीको फर्सीको बिउ बरामद

काठमाडौं । ९० लाख बढीको फर्सीको बिउ रौतहट प्रहरीले बरामद गरेको छ । नेपालबाट भारत निकासी गर्दै गरेको बिउ बुधबार साँझ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।अवैधरुपमा निकासी गर्न लागिएको सूचनाका आधारमा खटिएको प्रहरी र सशस्त्रको टोलीले बौधिमाई नगरपालिका–७ बाडा बंकुल टोलबाट ३२२ बोरो (१२ हजार ८८० किलो) फर्सीको बिउ बरामद गरेको हो ।

बिउका बोरा त्रिपालले छोपेर राखिएको अवस्थामा फेला परेका थिए । यसको अन्दाजी मूल्य ९० लाख १६ हजार बराबरको रहेको प्रहरीले जनाएको छ ।सामान बरामद गर्ने क्रममा स्थानीयवासीले केही समय अवरोध समेत गरेका थिए । उनीहरुले प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार गरेपछि ६ राउण्ड अश्रुग्या प्रहार गर्नु परेको थियो ।

झडपका क्रममा तीन जना प्रहरी र तीन जना स्थानीय पनि घाइते भएका छन् ।नियन्त्रणमा लिइएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

एक पटक पढ्नुहोस