काठमाडौँ — कांग्रेस नेता प्रकाशमान सिंहले तीनै तहको चुनावमा पराजित हुनुमा नेतृत्वको कमजोरी रहेको आरोप लगाएका छन् । चुनावको समीक्षा गर्न शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा ९ पृष्ठ लामो प्रस्ताव पेस गर्दै सिंहले नेतृत्वको सत्तालोलुपताले कांग्रेस दयनीय अवस्थामा पुगेको उल्लेख गरेका छन् ।
