After header

१०९ किलो गाँजा सहित दुईजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले १०९ किलो गाँजा सहित दुईजना पक्राउ गरेको छ । मकवानपुरको मनहरि गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम सडकखण्डमा १०९.०९६ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चितवनबाट हेटौडातर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च ४८९३ नम्बरको जिपलाई विशेष सूचनाका आधारमा रोकी जाँच गर्दा गाडीको पछाडिको भागमा त्रिपालले लुकाई छिपाइ राखिएको प्लास्टिकले बेरिएको १५ पोकामा रहेको १०९.०९६ किलोग्राम गाँजा बरामद गरिएको हो ।

पक्राउ पर्नेमा धादिङको गजुरी नगरपालिका–७ किरानचोक बस्ने ४१ वर्षीय सुमन तामाङ र १८ वर्षीय इरोज तामाङ रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एक पटक पढ्नुहोस