काठमाडौं । ‘प्रभावका लागि जोडौं (कनेक्ट फर इम्प्याक्ट)’ अभियान सहित क्लासिक टेकले आफ्नो १७ औं वार्षित्सव मनाएको छ । देशकै अग्रणी तथा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘प्रभावका लागि जोडौं भन्ने मूल नारासहित आफ्नो १७ औँ वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवका अवसरमा कम्पनीले गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्नुका साथै,प्रविधिमार्फत शिक्षा, रोजगारी र समावेशी विकासमा योगदान पुर्याउने प्रतिबद्धता पुन दोहोर्याएको छ । कम्पनीका अनुसार ‘कनेक्ट फर इम्प्याक्ट’ अभियान सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर सकारात्मक परिवर्तन ल्याउने दीर्घकालीन अभियान हो ।
यसअन्तर्गत क्लासिक टेकले नेपाल अपाङ्ग महिला संघ (NDWA ) सँग समावेशी रोजगारी प्रवद्र्धनका लागि समझदारीपत्र MoU मा हस्ताक्षर गरेको छ । साथै, Anmol Children Development Home -ACDH लाई निःशुल्क उच्च गतिको इन्टरनेट सेवा र एक थान कम्प्युटर उपलब्ध गराएर बालबालिकाको डिजिटल शिक्षामा सहयोग गरेको जनाएको छ ।
कम्पनीले ग्राहक, कर्मचारी, साझेदार तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय सेवा र सामाजिक उत्तरदायित्वमार्फत समाजमा सकारात्मक प्रभाव सिर्जना गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ ।
