अष्ट्रेलियाका कप्तान एरोन फिन्चले आफ्नो रेकर्ड तोड्दै टी-२० अन्तर्राष्ट्रियमा नयाँ कीर्तिमान बनाएका छन् ।
उनले हरारेमा जिम्बावेविरुद्ध ७६ बलमा १७२ रन बनाएका हुन् । यसअघि उनले २०१३ मा इंग्ल्याण्डविरुद्ध १५६ रन बनाएका थिए ।
फिन्च टी-२० क्रिकेटमा क्रिस गेलल बनाएको १७५ रनको रेकर्ड भेट्टाउन मात्र तीन रनले चुकेका छन् । अष्ट्रेलियाको दुई बल बाँकी छँदा उनी हिट विकेटको शिकार भएका हुन् ।
फिन्चको शानदार ब्याटिङसँगै अष्ट्रेलियाले २० ओभरमा २ विकेट गुमाएर २२९ रन बनायो । जवाफमा मैदान उत्रिएको जिम्बावेलले ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो ।
अष्ट्रेलियाले हात पारेको १०० रनको जित टी-२० अन्तर्राष्ट्रियमा उसकै अहिलेसम्मकै ठूलो जित पनि हो ।
