After header

संवैधानिक परिषद्को बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । संवैधानिक परिषद्को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज बस्ने भनिएकाे संवैधानिक परिषद्को बैठक पनि नबसिकन अनिश्चितकालका लागि स्थगित भएको हाे।

परिषद्का सदस्य प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपचारका लागि बुधबारै सिंगापुर जाने भएकाले परिषद्को बैठक स्थगित गरिएको संवैधानिक परिषद्ले जनाएकाे छ।

प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिस गर्न बस्ने भनिएको परिषद्को बैठक अर्को कुनै मिति समेत तय नगरी स्थगित भएको हो ।

देउवा श्रीमती आरजुसहित उपचारका लागि सिंगापुर प्रस्तान गर्नुभएकाे छ । नयाँ प्रधानन्यायाधीशका लागि यसअघि नै न्याय परिषद्ले दुई जनाको नाम परिषदमा पठाएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्र शम्शेर राणा हुनुहुन्छ ।

एक पटक पढ्नुहोस