निशान हत्या पोष्टमार्टम रिर्पोट – पासो लगाई मुखमा बुजो राखेपछि मृत्यु !

काठमाडौं । काँडाघारीबाट अपहरण गरी हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको शवको ‘पोष्टमार्टम’ सकिएको छ ।

महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको शवको पोष्टमार्टम गरिएको थियो । पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार, निशानको घाँटी थिचेर निर्मम ढंगले हत्या गरेको पुष्टि भएको छ ।

कुटपिट गरेको चोटपटक केही देखिँदैन, पोष्टमार्टममा संलग्न एक चिकित्सकले भने–एउटाले हात र खुट्टा समाती अर्कोले घाँटी अठ्याएको देखिन्छ ।

त्यति गर्दा पनि घाँटी थिच्दा हुल्लीएको बालकको शास वाहिर निष्कने क्रममा ‘हिक्क हिक्क’ गरे जस्तो लागेपछि पुन कपडाको पासो लगाई मारेको देखिन्छ ।

उनले भने–सबै कुरा रिपोर्टमा उल्लेख गरि दिएका छौं । प्रहरीसँग सम्पर्क गरेर थप सूचना लिदाँ राम्रो हुन्छ । बालकको मुखमा कपडाकै बुजो राखेको देखिन्छ ।

त्यतिगर्दा पनि बालकको शास हल्का रहेको चाल पाएपछि पछि पुनः कपडाको पासो लगाएको अनुमान गरिएको छ ।

महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रमुख भेषराज रिजालले भने–बालक निशानको शवको पोष्टमार्टम सकिएको खबर आएको छ ।

बैदेशीक रोजगारीको सिलसिलामा मलेसिया रहेको बुबा बुधबार साँझ काठमाडौं आइपुग्ने भएकाले शव आजै साँझ आफन्तलाई बुझाउने तयारी भइरहेको छ ।

सोमवार दिउँसो बालकको हत्या गरिएको अवस्थामा शव भेटिएपछि प्रहरीले आवश्यक घटना मुचुल्का तयार पारी शिक्षण अस्पताल पु-याएको थियो ।

त्यस्तैं, हत्यारा भनिएका अजय र गोपाल तामाङको शव भने पोष्टमार्टम गरिएको छैन । उनीहरुको शव पनि शिक्षण अस्पतालमै राखिएको छ ।

पेप्सीकोलाको हाईल्याण्ड स्कुलमा कक्षा–६ मा अध्ययनरत निशान परिवारको एक्लो छोरा हुन् । सिन्धुपाल्चोक घर भइ हाल आमासँंगै बस्दै आएका उनको आइतवार साँझ ‘गोपाल मामा’ भन्ने सिन्धुपाल्चोककै गोपाल तामाङ र नुवाकोटका अजय तामाङ अपहरण गरेका थिए ।

अपहरण गरेको तीन घण्टा नबित्दै उनीहरुले बच्चाको हत्या गरेको हुन सक्ने अनुमान प्रहरीको थियो । प्रहरीले बालक निशानको हत्या भइसकेको प्रमाण प्राप्त भएपछि दुइटै अपहरणकारीलाई इनकाउण्टर गरी मारेको हो ।

एक पटक पढ्नुहोस