After header

आलियाको सानो उमेरमै ठुलो व्यक्तित्व

बलिउडमा अहिले नायिका आलिया भट्टको चर्चा खुबै छ । उनले, छोटो समयमा नै पाएको लोकप्रियता र सफलतालाई लिएर चर्चा गर्ने पनि धेरै छन् । उनै, आलिया भट्टले नयाँ रेकर्ड समेत बनाएकी छिन् । सबैभन्दा सानो उमेरमै १० प्रभावशाली भारतीय नागरिकको सूचीमा उनको नाम पनि समावेश भएको छ ।

सानो उमेरमै यो सूचीमा अटाउने उनी पहिलो भारतीय बनेकी छिन् । यूगव इफ्लयूएन्सर इन्डेक्स २०१८ ले गरेको रिसर्चमा आलियाको नाम समावेश भएको छ । कुनै एक क्षेत्रमा कसैले पारेको प्रभावको आधारमा यो सूची तयार गरिएको छ ।

यो सूचीमा बलिउड र क्रिकेट जगतका हस्तीहरुको नाम समावेश छ, जसमा आलिया नवौं स्थानमा छिन् । यो सूचीमा अमिताभ बच्चन पहिलो नम्बरमा छन् भने दीपिका पादुकोण दोश्रो, महेन्द्र सिंह धोनी तेश्रो, सचिन तेन्दुलकर चौथो, अक्षय कुमार पाँचौ, विराट कोहली छैटौ, आमिर खान सातौ, साहरुख खान आठौ, आलिया भट्ट नवौ र प्रियंका चोपडा दशौ नम्बरमा छन् ।

सन् २०१२ मा चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’बाट आलियाले बलिउडमा आफ्नो करिअर सुरु गरेकी थिइन् । तर, ६ बर्षमै उनले बलिउडमा आफ्नो पकड जमाइसकेकी छिन् ।

एक पटक पढ्नुहोस